तपाईँ सुन्दै हुनुहुन्छः

तिहार लगत्तै मन्त्रिमण्डल विस्तार : मुख्यमन्त्री राई

 विराटनगर । प्रदेश न १ का मुुख्यमन्त्री शेरधन राईले तिहार लगतै मन्त्रिमण्डल विस्तार हुुने वताउनुु भएको छ ।

विराटनगरमा आज संचारकर्मीसंग कुुरागर्दै उहाँले तिहारपछि ११ सदस्यसम्म संख्या थपगर्नेगरि मन्त्रिमण्डल विस्तार हुुने प्रष्ट पार्नुुभयो । करिव दुुईवर्ष अघि प्रदेश १ मा पाँच सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो ।
मुुख्यमन्त्री राईले अव वस्ने हिउदे अधिवेशनले प्रदेशको नामांकन समेट टुुंगो लाग्ने वताउनुुभयो ।

प्रदेश नं. १ को राजधानीको विषय जसरी पनि टुंगो लग्ने र दलहरुको सहमतीमा प्रदेशको नामाकंनको विषय समेत टुुंगो लगाउने गृहकार्य भइरेहेको बताउनभुयो  ।

प्रतिपक्षदल लगायत सवैदलसंग समन्वयगरि प्रदेशको नामांकन टुुंगो लाग्ने उहाको भनाई थियो । मुुख्यमन्त्री राईले प्रदेशको आर्थिक समवृद्धिका लागि प्रदेश सरकारले लगानी सम्मेलनगर्न लागेको समेत जानकारी दिनुभयो ।

प्रदेशमा लगानीको वातावरण वन्दै गएकाले आन्तरिक तथा वाह्य लगानी भित्राउनका लागि प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको उहाँको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button