तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा बढ्यो सुनको मूल्य

काठमाडौँ । आज (शुक्रबार) नेपाली बजारमा सुनको मुल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार स्थिर रहँदै प्रतितोला ७० हजार ४ सय रुपैंयामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ६ सयले बढ्दै ७१ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै तेजाबी सुन पनि प्रतितोला ६ सयले बढ्दै ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।त्यस्तै, चाँदी ८ सय ६० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button