तपाईँ सुन्दै हुनुहुन्छः

यू–१९ विश्वकपको खेल तालिका सार्वजनिक, कुन देश कुन समूहमा परे ? जान्नुहोस्

एजेन्सी। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अर्को वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यू १९ विश्वकप क्रिकेटको तालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिकाअनुसार १७ जनवरी देखि ९ फेब्रुअरीसम्म चल्ने प्रतियोगितमा सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’मा भारत, न्यूजीलैंड, श्रीलंका र जापान छन् । यसैगरी समूह ‘बी’मा ऑस्ट्रेलिया, वेस्टइंडीज, इंग्लैंड र नाइजीरिया रहेका छन् । त्यस्तै समूह ‘सी’मा पाकिस्तान, बांग्लादेश, जिम्बाब्वे र स्टकल्याण्ड रहेका छन् ।

त्यसैगरी समूह ‘डी’मा घरेलु टोली दक्षिण अफ्रिका, अफगानिस्तान, युएई र क्यानडा रहेका छन् । नेपाल यु १९ को विश्वकप छनोटमा युएईसँग पराजित भएपछि विश्वकप खेल्ने सपना अधुरै रहेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान जनवरी १७ तारिखमा भिड्ने छन् ।

प्रतियोगिताका खेलहरु दक्षिण अफ्रिकाका ८ ठाउँमा हुने छन् । चार समूहमा शीर्ष २ टिमले सुपर लिगमा प्रतिस्पर्धा गर्ने र त्यसका आधारमा शीर्ष २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । बाँकी टिमले भने प्लेट च्याम्पियनसिप खेल्ने पनि जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button