तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि कर्मचारीको सरुवा,बढुवा र काज रोक्का

काठमाडौं । उपनिर्वाचन हुने ठाउँमा आजदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ । निर्वाचन आयाेगले मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने गरेको हो ।

प्रतिनिधिसभा सदस्यको लागि कास्की क्षेत्र नम्बर १ तथा प्रदेशसभाको लागि भक्तपुर, बाग्लुङ र दाङको विभिन्न ठाउँको स्थानीय तह गरी ५१ स्थानमा उपनिर्वाचन हुँदैछ ।

आयोगले जारी गर्दै आयोगले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचारसंहिता आजदेखि लागू हुने जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कात्तिक ८ गतेदेखि निर्वाचन सम्पन्न नहुँदासम्म केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले निर्वाचन प्रचार प्रसारका कार्यक्रम गर्न पाउने छैन ।

त्यस्तै निर्वाचनका लागि भवन, सवारी साधन, अन्य सामग्रीको प्रयोग गर्न नहुने, आफू मातहतमा नयाँ पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन नपाइने, सरुवा बढुवा गर्न र काज खटाउन नपाइने, विदेश भ्रमणमा जान नहुने आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button