तपाईँ सुन्दै हुनुहुन्छः

मानव तस्कर बढ्दै

इलाम । मानव तस्करका लागि अखडा बनेको पशुपतिनगरको सिमानामा कडाई गरेपनि तस्करी बढिरहेको छ । नाकाबाट छिर्ने सबै गाडीमा चेक जाँच गर्ने शंका लागेमा पूरा विवरण खुलाएपछि मात्र जान पाउने भएपनि मानव तस्करी बढिरहेको माइती नेपालको तथ्यांकले देखाएको छ ।

नेपालले १५ सय ५० जनालाई परामर्श दिएको छ भने ३१ जनालाई पशुुपतिनगरबाट फिर्ता पठाएको छ ।  ८ जना बेपत्ता भएकोमा २ जना फेला परेको र अरु ६ जना बेपत्ता नै रहेको माइती नेपाल आवधिक गृह पशुपतिनगरका प्रमुख होम ढकालले जानकारी दिनुभयो ।

माइती नेपालका अनुसार अघिल्लो वर्षमा नाकाबाट ९२ जनालाई उद्धार गरिएको थियो । ४५ जना बेपत्ता थिए । बेपत्ता मध्य १० जना फेला परेपनि ३५ जना भने अझै बेपत्ता रहेका छन् । माइती नेपालका अनुसार अघिल्लाे वर्ष र यस वर्ष गरेर ४१ महिला बेपत्ता छन् ।

माइती नेपालले भारतमा रहेका सहयोगी संस्थासँगको सहकार्यमा खोजि गरिरहेको छ ।

नेपाल–भारत दुवैतर्फका मानिसहरु एकै मुलका हुनेभएकाले तस्कर पहिचानमा समस्या हुने गरेको प्रमुख ढकालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button