तपाईँ सुन्दै हुनुहुन्छः

खोलेमा परेर बालकको मृत्यु

इलाम, ८ कात्तिक  ।  यहाँस्थित माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर ज्यान गएको छ । सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महीनाका छोरा मडित राउतको खोलेमा डुबेर ज्यान गएको हो ।

बुधबार आँगनमा डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालकलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो । इलाममा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पतालमा पु¥याइएका बालकको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button