तपाईँ सुन्दै हुनुहुन्छः

वृद्धवृद्धालाई न्यानोसँगै खाद्यान्न

मेलम्ची – चौतारा  वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई न्यानो दोसल्लासँगै खाद्यान्न वितरण गरिएको छ । नेपाल तरुण दल सिन्धुपाल्चोकले ६६औं स्थापना दिवसको अवसरमा आश्रममा रहेका १२ जना वृद्धवृद्धालाई न्यानो दोसल्लाका साथै खाद्यान्न वितरण गरेको हो ।

खाद्यान्न अन्तर्गत  चामल, दाल, चिनी, तेलगायतका सामग्री उपलब्ध गराइएको थियो । बृद्धाश्रममै पुगेर तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामाले खाद्यान्न वितरण गर्नुका  साथै सबै वृद्धवृद्धालाई जाडोमा काम लाग्ने दोसल्ला ओडाएरा सम्मान गर्नु भएको थियो  ।

दलको स्थापना दिवसको अवसरमा अन्य कार्यक्रम भन्दा आश्रममा रहेका वृद्ध वृद्धालाई सहयोग गर्दा सार्थक हुने भएकाले आश्रममा सहयोग गरेको अध्यक्ष लामाले बताउनुभयो  । उहाले आश्रम सञ्चालनमा कुनै समस्या परे निरन्तर सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।

त्यसैगरी आश्रमकी अध्यक्ष होमकुमारी पुरीले दाताहरुको सहयोगमा सञ्चालित आश्रममा भएको यो सहयोगले आश्रम सञ्चालनमा थप राहत मिलेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button