तपाईँ सुन्दै हुनुहुन्छः

किजापूजामा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ – सरकारले यही कात्तिक १३ गते किजापूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को यही कात्तिक ५ गतेको निर्णयअनुसार उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक बिदा हुने भएको छ ।

काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको किजापूजा(भाइटीका) पर्ने भन्दै कात्तिक १३ गते विदा माग गरेका थिए  । सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो । पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button