तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल फिफा वरियतामा ६ स्थान झर्याे

काठमाडौं । नेपालकाे फिफा वरियता ६ स्थान खस्किएको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज (बिहिबार) सार्वजनीक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान तल झर्दै १ सय ६७ औ स्थानमा पुगेको छ ।


विश्वकप छनोटका पछिल्ला दुई खेलमा फराकिलो हार ब्यहोरेको नेपालको वरियतामा समेत भारी गिरावट आएको छ ।

पछिल्लो खेलमा नेपाल अष्ट्रेलियासंग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो ।

दक्षिण एसियाली फुटबलमा नेपाल भन्दा माथिल्लो वरियतामा रहेको माल्दिभ्स एक स्थान तल झर्दै १ सय ५४ औ स्थानमा छ ।

यस्तै भारत दुई स्थान तल गर्दै १ सय ६ औ स्थानमा छ ।

नेपाल भन्दा तल्लो वरियतामा रहेको बंगलादेशले तीन स्थान सुधार गर्दै १ सय ८४ औ स्थानमा छ । बंगलादेशले पछिल्लाे खेलमा वरियतामा माथि रहेकाे भारतलाइ बराबरीमा राेक्न सफल भएकाे थियाे ।

भुटान चार स्थान तल झर्दै १ सय ८९ औ स्थान, पाकिस्तान दुई स्थान सुधार गर्दै २ सय १ औ स्थान र श्रीलंका एक स्थान तल झर्दै २ सय ३ औ स्थानमा छ ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । यस्तै दोस्रो स्थानमा फ्रान्स, तेस्रो स्थानमा ब्राजिल र चौथो स्थानमा ईङ्ल्याण्ड यथावत रहेका छन् । उरुग्वेले एक स्थान सुधार गर्दै शीर्ष पाँच भित्र पर्न सफल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button