तपाईँ सुन्दै हुनुहुन्छः

चीनले आयोजना गर्ने क्लब विश्वकप सन् २०२१ मा

एजेन्सी । चीनले आयोजना गर्ने पहिलो संस्करणको विस्तारित फिफा क्लब विश्वकप सन् २०२१ मा हुने भएको छ ।

सहभागी संख्या विस्तार गरिएको क्लब विश्वकप चीनले अर्को बर्ष आयोजना गर्ने पक्का भएको हो ।

फिफा अध्यक्ष जियानी ईन्फाटिनोले प्रतियोगिताको ब्याख्या गर्दै चीनले आयोजना गर्ने क्लब विश्वकप पहिलो र साँचो अर्थमा विश्वकप हुने बताएका छन् ।

युरोपका ठुला क्लबहरुले यसअघिनै प्रतियोगिता बहिष्कार गर्ने घोषणा गरिसकेका छन् ।

पछिल्ला दुई संस्करणको क्लब विश्वकपको आयोजना कतारले गरेको थियो । जसमा ७ महादेशका उत्कृष्ट ७ क्लब सहभागी थिए । सन् २०१९ को क्लब विश्वकप डिसेम्बर ११ बाट सुरु हुनेछ ।

च्याम्पियन्स लिगको विजेता लिभरपुल केही हप्ता अघि मात्र सेमिफाईनल प्रवेश गरेको थियो ।

युरोपियन क्लब एसोसियसनले प्रतियोगितामा टिम संख्या वृद्वि गर्ने फिफाको तयारीमा ध्यानाकर्षण भएको जनाएका थिए ।

चिनको साङ्घाईमा भएको फिफा काउन्सिलको बैठकमा ईन्फान्टिनोले क्लब विश्वकप चीनमा आयोजना गर्ने निर्णय एतिहासिक र एसियाको क्लब फुटबल विकासमा महत्वपुर्ण हुने बताएका छन् ।

यो नै पहिलो साँचो अर्थमा विश्वकप हुनेछ । जहाँ उत्कृष्ट क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् । स्विस मुलका ईटालियन अध्यक्ष ईन्फान्टिनोले भनेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button