तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउँदै काङ्ग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन अन्तिम कसरतमा जुटेको छ ।

उपनिर्वाचनका लागि पार्टीका सम्बन्धित जिल्ला र स्थानीय निकायबाट सिफारिस भई आएका नामावलीमाथि काङ्ग्रेसले मङ्गलबार र बुधबार पदाधिकारी तहमा छलफल गरेको थियो । पदाधिकारी तहको छलफलपछि आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार टुङ्गो लगाउन र उपनिर्वाचनको तयारी बारेमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मङ्सिर १४ गते हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ । -रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button