तपाईँ सुन्दै हुनुहुन्छः

अपांगता परिचयपत्र नहुदा सरकारी सेवा सुविधाबाट बञ्चित

जाजरकोट –जाजरकोटको बारेकोट गाउँपालिका ८, लैखम गाउँकी ५८ बर्षीया सरस्वती उपाध्याय खत्रीको जलबिन्दु रोगबाट दुवै  आँखाको ज्योती गुमेको २० बर्ष बित्यो ।

उपचारको लागि नेपाललगायत भारतको बिभिन्न अस्पतालमा पुगे पनि आँखाको उपचार सफल भएन् । खत्री अहिले दृष्ट्रिबिहिन जीवन बिताइरहेकी छन् । गत बैशाखमा नेपाली नागरिकताको प्रमाणपत्र बनाएकी खत्री अपांग परिचयपत्र नहुँदा सरकारी सेवा सुविधाबाट भने बञ्चित भएकी हुन । सरकारी सेवाबाट वर्षौंदेखि बञ्चित छिन खत्री ।

अपांगता परिचयपत्र नहँुदा सामाजिक सुरक्षा भत्तालगायत सेवा पाउन अपांगता भएकी खत्रीलाई समस्या भएको हो । बर्षाैदेखि घरमै कष्टकर जीवन बिताउनुको पिडा उनले सुनाइन् । घरबाट यताउता कतै जानै सकिदैन, घरपरिवारको बोझ बनेर बाच्नुभन्दा मर्नु नै बेस थियो तर काल पनि आउदैन् उनले भनिन् । दैनिक चर्पी जान आउन भित्र बाहिर गर्न पनि बोकेरै ल्यैजानु पर्छ छोरा रणबहादुरले भने । आमाको  दुवै  आँखा बन्द भएको २० बर्ष भयो । एक जनाको काम आमालाई स्याहार गर्नमै बित्छ, उनले भने । अहिलेसम्म आमाको अपांगता परिचयपत्र बनाउनसमेत सकिन । सामान्य अपांगताले भत्ता खान्छन उनले भने । स्थानीय सरकारलेसमेत अपांगताका लागि घरदैलोमै पुगेर सेवाप्रवाह गर्न नसक्दा खत्री जस्तै धेरैलाई समस्या छ ।

गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले ९ वटै वडामा रहेका अपांगता भएका ब्यक्तिहरुको तथ्याङक संकलनको काम भइरहेको छ भन्दै उनीहरुको पहिचान गरेर अपांगता भत्ताको सेवा प्रदान गरिने बताउनुभयो । बारेकोटमा ४ दर्जन भन्दा बढीले अपांगता भत्ता पाउने गरेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button