तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय झापामा टोकन प्रणाली लागु

भद्रपुर, झापा – जिल्ला प्रशासन कार्यालय झापाले सेवामा टोकन प्रणाली लागू गरेको छ । कार्यालयमा सुशासन कायम र सेवाग्रहीलाई सहजता प्रदान गर्ने उद्देश्यले कार्यालयले बिहीबारदेखि टोकन प्रणाली शुरु गरेको हो ।

कार्यालयमा आयोजित एक समारोहका बीच प्रमुख जिल्ला अधिकारी उदय राना मगर र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले संयुक्त रुपमा टोकन प्रणालीको शुभारम्भ गर्नुभयो । तिन लाख रुपैयाँ खर्चमा मेचीनगर नगरपालिकाले टोकन प्रणाली मेशिन प्रशासनलाई उपलब्ध गराएको हो ।

मेशिनमा नागरिकता, राहदानी, सिफारिश, राष्ट्रिय परिचयपत्रका लागि छुट्टाछुट्टै प्रणाली राखिएको छ । सेवाग्राहीले आफू जे कामका लागि कार्यालय आएको हो, त्यही नाममा औलाले थिचेपछि मेशिनबाट नम्बरसहितको टोकन निस्कन्छ र सोही अनुसार आफ्नो पालो पर्खनु पर्नेछ ।

टोकन प्रणाली शुरु भएपछि कार्यालयमा अनावश्यक भीड कम हुने, भनसुन र दवाबमा काम गराउने चलन पनि हटेर जाने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी उदय राना मगरले जानकारी गराउनुभयो ।

कार्यालयले आफ्ना सेवाहरुका बारेमा सर्वसाधारणलाई पनि जानकारी होस् भन्ने उदेश्यले बुलेटिन प्रकाशन गर्दै आएको छ भने कार्यालय परिसरमा शुद्ध खानेपानी र फ्रि वाइफाइको सुविधा पनि उपलब्ध गराइएको प्रजिअ मगरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button