तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा अटो रिक्सालाई विङ्गरले ठक्कर दिदा एक जनाको मृत्यु

टीकापुर कैलाली – कैलालीमा विङ्गरले अटो रिक्सालाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका वडा नम्बर ८ मसुरियाको बडैपुरमा आज बिहान विङ्गरले अटो रिक्सालाई ठक्कर दिदा मसुरियाकी २५ वर्षीया निर्मला बुढामगरको मृत्यु भएको हो ।

विङ्गरको ठक्करबाट घाइते बुढामगरलाई उपचारका लागि कोहलपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अटो चालक मसुरियाकै ४० वर्षीया मानसिंह धामी घाईते भएका छन् । सडक क्रस गर्ने क्रममा विङगरले ठक्कर दिएको र वीङ्गर चालक गेटाका २७ वर्षीय गोपाल रानालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक सरोज ठकुराठीले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिम जादै गरेको से १ च १९३१ नम्बरको वीङ्गरले से १ ह २१५६ नम्बरको रिक्सालाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button