तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा विभिन्न कार्यक्रम गरी पोलियो दिवस मनाईयो

चन्द्रौटा कपिलवस्तु – कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा पोलियो दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाईएको छ ।

रोटरी कल्ब तथा रोट्रयाक्ट, इन्ट्रयाक्ट क्लबको संयुक्त आयोजनामा विश्व पोलियो दिवस बिहान प्रभातफेरीको आयोजना गरी मनाईएको रोटरी क्लबका अध्यक्ष ज्ञानु पोखरेलले बताए । रोटरी इन्टरनेशनल क्लबसंग आबद्घ विश्व भरीका रोटरी क्लब तथा रोट्रयाक्ट क्लबहरुले प्रत्येक वर्ष यस अवसरमा विभिन्न कार्यव्रmम गरी मनाउने गरेका छन ।

ईन्ड पोलियो नाऊको मुख्य नारासहितका प्लेकाडले नगरपरिव्रmमा गरिएको हो । सन् १९५० मा जोन साल्फले पहिलो पटक पोलियो भेक्सिन मानिसमा प्रयोग गरेका थिए ।

२४ अकटुवर विश्व पोलियो दिवसमा मनाउने गरिएको छ । हाल पोलियोका भाईरस पाकिस्तान र अफगानिस्तानमा देखिएकोले यसलाई निरन्तरता दिएको पोखरेलले बताए ।

¥यालीपछिको कोण सभामा बोल्दै शिवरज नगरपालिका मेयर नेत्रराज अधिकारीले सम्पुर्ण अभिभावकमा आफना बालबलिकालाई खोप लगाउन आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश न ५ का सांसद अर्जुन कुमार केसीले बालबालिकको मृत्युदर घटाउन र बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रत्येक बालबालिबालाई खोप लगाउन अनिर्वाय रहेको बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button