२०७८ साल माघ १२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यू

सीपी लोहिया २०७६ कार्तिक ७ गते १३:२५

बैतडी – बैतडीमा आज बिहान भएका दुई छुट्टा–छुट्टै दुर्घटनामा दुई जनाको मृत्यू भएको छ ।  जिल्लाको मेलौली नगरपालिका–५ स्थित पेल्या भन्ने ठाउँमा एक्साभेटरले किचेर स्थानिय ५५ बर्षिया शुक्र सिंह पुजाराको ज्यान गएको हो भने, सुर्नया गाँउपालिका १ सिन्केलेकमा ट्रक दुर्घटना हुदाँ चालक दार्चुला नौगाड ४ सिप्टी दार्चुलाका गोपालसिंह धामीको ज्यान गएको हो ।

मेलौली–५मा भएको दुर्घटनामा स्काभेटरका चालक दशरथचन्द नगरपालिका–२ देहिमाडौंका ३० बर्षीय शेरीसिंह बोहरा फरार रहेका छन् भने, सिन्केलेकमा भएको ट्रक दुर्घटनामा चालक आफुमात्रै ट्रकमा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुबै घटनाको थप अनुसन्धान भैहरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो ।

स्काभेटर दुर्घटना यसरी भयो ।
मेलौलीको लामालेक– ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजारा एक्कासी खस्दा स्काभेटरले किचेको प्रहरीले जनाएको छ । सडक निर्माणको काम गरिरहेको स्काभेटरलाई घर निर्माण गर्न खन्नका लागि पुजारा ल्याउदै गरेका अवस्थामा बिहिवार बिहान ८ बजे पेले भन्ने स्थानमा खसेका इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायव निरीक्षक मानसिंह बोहराले बताउनुभयो ।

ट्रक दुर्घटना
धनगढीवाट दार्चुलातर्फ गइरहेको ग्यास बोकेको से १ ख १९२३ नम्बरको मिनि ट्रक महाकाली राजमार्ग अन्र्तगत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा बिहान २ बजे दुर्घटनामा परेको हो । ट्रक सडकबाट २०० मिटर तल खसेको छ । चालक निदाएको वा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

सम्बन्धित