तपाईँ सुन्दै हुनुहुन्छः

कारागार कार्यालय रुकुम पश्चिममा क्षमताभन्दा पाँचगुण बढी कैदीबन्दी

रुकुम – कारागार कार्यालय रुकुम पश्चिममा क्षमताभन्दा पाँचगुणा कैदीबन्दीहरु रहेको पाईएको छ । २० पुरुष र ५ जना महिला गरि जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल १ सय १२ कैदीबन्दीहरु र एक नावालक छन ।

जसमा एकसय छ पुरुष र छजना महिला रहेको जिल्ला कारागार शाखा रुकुम पश्चिमका निमित्त प्रमुख गौमला पुनले जानकारी दिईन । उनका अनुसार जुन संख्यामा ७३ जना कैदी हुन भने बाँकी पुर्पक्षका थुनुवाहरु हुन । जिल्ला कारागारमा कैदीबन्दीहरुको संख्या बढेर व्यवस्थापनमा समस्या भएपछि बेलाबेला स्थान्तरण पनि हुदै आएको छ ।

अधिकांस कैदीबन्दीहरु स्थानीय भएका कारण परिवारजनहरु संग भेटघाटको लागि जिल्ला कारागारमा नै बस्न रुचाउने गरेका छन । क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दीहरु भएपछि कारागारमा व्यवस्थापनमा समस्या भएको छ ।

पछिल्लो समय कारागारमा खानेपानी समेत अनियमित बनेपछि समस्या छ । रुकुम पूर्व नयाँ जिल्ला बनेपछि झनै कैदीबन्दी थपिएका छन ।

जिल्ला कारागारमा रहेका धेरै कैदीबन्दीहरु लागु औषध उत्पादन, प्रयोग र बिक्रिबितरण मुद्धाका धेरै छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button