तपाईँ सुन्दै हुनुहुन्छः

असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा सहभागी हुन आज अजरबैजानको बाकु प्रस्थान गर्नुभएको छ ।

उहालाई बिदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरु, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न देशका नेपाली राजदुतहरु, सुरक्षा निकायका प्रमुख लगायतका उच्च पदस्थअधिकारीहरु पुग्नुभएको थियो ।

बिदाईका क्रममा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

बाकुमा भोली र पर्सि हुने १८ औँ शिखर सम्म्ेलनमा भाग लिएर प्रधानमन्त्री ओली आगामी आईतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button