तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक बन संरक्षणले विकासमा टेवा पुगेको छ : नगर प्रमुख चौधरी

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले सामुदायिक बनको संरक्षणले चौतर्फी विकासमा टेवा पुगेको बताउनु भएको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ५ मा रहेको रामनगर सामुदायिक वन उपभोक्ता समुहको १५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीेले जेहेन्दार विद्यार्थी र गरीब घरपरिवारका लागि सामुदायिक बन कोशेढुंंगा सावित भएको दाबी गर्नु भएको छ । समुदायको आर्थिक, सामाजिक र शैक्षिक विकासका लागि रामनगर सामुदायिक बनले पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । नगर प्रमुख चौधरीले विकासका निम्ति राजनीति गर्ने व्यक्तिले सकारात्मक सोचका साथ विकास निर्माणका कार्यमा एकमत हुनुपर्नेमा जोड दिनुभयो ।

रुख रौपौँ, बन जोगाउँ, बन्यजन्तुलाई माया गरौँ ̎ भन्ने मूल नारा र ̎ वैज्ञानिक वन व्यवस्थापन समृद्धिको मूल आधार : आर्थिक, सामाजिक, शैक्षिक रुपान्तरणका लागि रामनगर सामुदायिक वन ̎ भन्ने सहायक नाराका साथ मंगलबार र बुधबार आयोजित साधारण सभामा समुहले गरेका सम्पूर्ण गतिविधि र आगामी कार्ययोजना प्रस्तुत गरिएको अध्यक्ष करुणा चौधरीले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०७५।०७६ को एक करोड, नब्बे लाख, अठासी रुपैयाँ ५४ पैसा बराबरको आय व्यय प्रस्तुत गरिएको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०७६।०७७ का लागि दुई करोड, बाह्र लाख, अन्ठाउन्न हजार, छ सय नौ रुपैयाँ एकचालिस पैसा बराबरको अनुमानित आय व्यय प्रस्तुत गरिएको छ । त्यस्तै, आगामी आर्थिक वर्ष २०७७।०७८ का लागि अनुमानित दुई करोड, चार लाख, चौरासी हजार नौ सय बराबरको बजेट प्रस्तुत गरिएको कोषाध्यक्ष दीपा चौधरीले जनाउनु भएको छ ।

कार्यक्रममा स्नातक तह र प्राविधिक विषयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ भने केही उपभोक्ताहरुलाई ग्याँस सिलिण्डर वितरण गरिएको समुहका सचिव लाल बहादुर चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार, सामुदायिक बनलाई आफ्नो क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको छ । त्यस्तै, गोबर ग्याँसका प्रयोगकर्ता दुई जनालाई अनुदान रकम प्रदान गरिएको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायकले धेरै समस्या र चुनौतीका बीच पनि बन संरक्षण गरिएको दाबी गर्दै अब सामुदायिक बनको बजेट समाज विकासमा समेत खर्च गर्न सुझाव दिनुभयो । त्यस्तै, डिभिजन बन कार्यालयका प्रमुख बन अधिकृत अजय विक्रम मानन्धरले बनको दीगो विकास र वैज्ञानिक बन व्यवस्थापनका लागि समुदायको भूमिका महत्वपूर्ण रहने र बनले समुदायको विकासमा समेत टेवा पुर्याउने धारणा राख्नु भएको छ । कुण्डा सवडिभिजन बन कार्यालय पच्कडियाका सहायक बन अधिकृत दिनेश कुमार यादवले जंगल अतिक्रमण नियन्त्रण गर्न स्थानीय सरकार र उपभोक्ताहरु जागरुक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बन डढेलो नियन्त्रण र बन संरक्षणका लागि उपभोक्ताहरुले देखाएको सकृयता सह्रानिय रहेको भन्दै प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button