तपाईँ सुन्दै हुनुहुन्छः

पाँच हजार घुस रकम सहित प्रहरी जवान पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाँच हजार घुस रकम सहित दिपक चौधरीलाई पक्राउ गरेको छ ।

भारतबाट चोरी तस्करी गरी ल्याइएका सामानमा भन्सार मिलाइदिन्छु भनी सेवाग्राहीबाट घुस रकम लिँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान चौधरीलाई बुधबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता टोप बहादुर विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button