२०७९ साल साउन ३१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

धमाधम भइरहेछ दक्षिण एसियाली खेलकुद (साग) को तयारी

रेडियो नेपाल २०७६ कार्तिक ७ गते १०:३८

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले दक्षिण एसियाली खेलकुद (साग) को १३ औं तयारी धमाधम भइरहेको  सफलतासाथ साग मंसीर १५ देखि शुरु भएर २४ गते सम्पन्न हुने बताउनु भएको छ ।

नेपालमा हुने सागमा समावेश विभिन्न २७ खेल संघका प्रतिनिधि, प्रमुख प्रशिक्षक तथा विषयगत समितिका प्रतिनिधिहरुको सहभागितामा यो साता सम्पन्न छलफल कार्यक्रममा खेलकुद मन्त्री विश्वकर्माले साग सम्पन्न गर्न सरकारले सबैलाई साथमा लिएर अघि बढेको बताउनु भयो ।
मन्त्री विश्वकर्माले सागमा समावेश सबै खेललाई जिम्मेवारी दिएर अगाडि बढ्ने पनि बताउनु भयो ।

साग राष्ट्रले आयोजना गर्ने भएसागमा समावेश खेलको व्यवस्थापन र सञ्चालन सम्बन्धित खेल संघले नै गर्ने भएकाले सबैले उत्तिकै सक्रियताका साथ सहभागिता जनाउनु पर्नेमा मन्त्री विश्वकर्माले जोड दिनु भयो । मन्त्री विश्वकर्माले खर्च गर्दा सबैले पारर्दिशतामा जोड दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले साग निश्चित समयमा हुने भएकाले मनमा कुनै द्धिविधिा नराखी लाग्न सम्वद्धहरुलाई आग्रह गर्नु भयो । उहाँले राष्ट्रको गौरवसँग जोडिएको विषय भएकाले निर्धा्रित समयमै साग हुनु पर्नेमा जोड दिनु भयो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कुनैपनि काम गर्दा पद्धति र प्रकृयालाई ध्यानमा राखि अगाडि बढ्नु पर्ने सुझाव दिनु भयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले साग समयमै हुने भएकाले यसलाई अवस्मरणीय बनाउन सम्बन्धित सबैले आआफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउनु भयो ।

यसैबीच पूर्वाधार अवस्था बुझ्न हिजो पोखरा पुग्नु भएका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले समयमै साग सम्पन्न गर्ने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिन सम्वद्धहरुलाई निर्देशन दिनु भयो ।

सम्बन्धित