तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धु इन्जिनियरिङ समाज गठनको प्रक्रिया सुरु

मेलम्ची । सिन्धुपाल्चोकमा जन्मिएका इन्जिनियरहरु संगठित भएर सिन्धु इन्जिनियरिङ समाज गठनको प्रक्रिया सुरु गरेका छन् । जिल्लाका इन्जिनियर,ओभरसियर र सब–ओभरसियरहरुको भेलाले समाज गठन गरेर जिल्लामा विकास निर्माण लगायत अन्य क्रियाकलपमा सहयोग गर्नका लागि समाज गठन गरिएको हो । पेशागत हक अधिकारका लागि मात्रै भन्दा पनि जिल्लाको समग्र विकास निर्माण अभियानलाई सहयोग पु(याउनु हाम्रो उद्देश्य रहेको छ समाजका सदस्य प्रताप सपकोटाले भन्नुभयो ।

‘हामी इन्जियिनरहरुले जिल्लाको विकास निर्माण लगायत अन्य विकासका कामहरुमा केही योगदान गरौ भनेर सामज गठन गरेका छौ’ प्रस्तावित इन्जिनियरिग समाजका सदस्यसपकोटाले भन्नुभयो भन्नुभयो ।

इन्जिनियर र प्राविधिकहरुको भेलाले इन्जिनियर सञ्जय सापकोटाको अध्यक्षतामा समाज गठन गरिएको छ । समाजका महासचिवमा विदुर कडेल रहेका छन् भने उपाध्यक्ष कर्ण केसी,सचिव रञ्जित गौतम,कोषाध्यक्ष राम भारती र सदस्यहरुमा सुभाषराज गिरी,गागल कुमार भण्डारी,हरिबहादुर खत्री,प्रताप सपकोटा,राजन थापा,बासुदेव नेपाल,विश्वराम पराजुली,निता झांग र सुनिल नेपाल र राजन श्रेष्ठ रहेका छन् ।

स्थानीय तहमा कार्यरत इन्जिनियर र प्राविधिकहरुलाई सहयोग गर्ने,जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका योजनाहरुलाई सहयोग गर्ने समाजको मुख्य उदेश्य रहेको समाजका कोषाध्यक्ष राम भारतीले बताउनुभयो । देश निर्माणमा इन्जिनियरहरुको महत्वपुर्ण भुमिका रहेको हुन्छ,त्यसैले जिल्लाका इन्जिनियरहरुले जिल्लाको विकास निर्माण र अन्य क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्नका लागि हामी संगठीत भएका हौ समाजका अध्यक्ष सञ्जय सापकोटाले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button