तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिमा अपराधीकरण अक्ष्यम्यः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टीकरण अक्ष्यम्य हुने बताउनुभएको छ ।

लायन्स क्लब अफ काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको कार्यक्रममा मन्त्री बाँस्कोटाले मान्छेलाई जिउँदै जलाउने, महिलामाथि दुव्र्यवहार गर्ने, सर्वसाधारणलाई आक्रमण गर्ने जोसुकैलाई पनि कानूनी कठघरामा उभ्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री बाँस्कोटाले चुनावमा गरिएको वाचाअनुसार जनप्रतिनिधिहरु अगाडि बढिरहेको बताउँदै कहीँकतै जनप्रतिनिधि चुकेको भए खबरदारी गर्न सञ्चारमाध्यम लगायत सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button