तपाईँ सुन्दै हुनुहुन्छः

सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण शुरु

परासी । अन्धकारमा बस्दै आएका सुस्तावासीलाई बिजुलीको पहुँचमा पुर्याउने उद्देश्यले सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण थालिएको छ ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारि पर्ने सुस्तामा निर्माण हुनलागेको ग्रिडको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शिलान्यास गर्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, तराई–मधेस समृद्धि कार्यक्रम र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण हुने ग्रिडबाट सुस्तावासी आगामी आठ महिनाभित्र बिजुली बाल्न पाउने छन् ।

पटक पटक भारतीय अतिक्रमणमा परेर चर्चामा रहेको सुस्तामा नारायणी नदीका कारण राष्ट्रिय प्रसारणको लाइन पुर्याउन असहज हुँदा त्यहाँका नागरिक वर्षौदेखि टुकीको भरमा बस्न बाध्य छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button