तपाईँ सुन्दै हुनुहुन्छः

साना उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं । मुलुकमा औद्योगिक विकासको मुख्य माध्यम लघु, घरेलु तथा साना उद्योग भएको भन्दै सरोकारवालाहरुले यस्ता उद्योगहरुको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनु भएको छ ।

नेपाल घरेलु तथा साना उघोग महासंघले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले साना तथा घरेलु उद्योगहरुमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका विषयमा पनि सहभागी गराउँदा झनै राम्रो हुने भन्दै कामदार सुरक्षित हुने उपयुक्त माध्यम नै सामाजिक सुरक्षा योजना भएको बताउनुभयो ।

कार्यकममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले मन्त्रालयले साना उद्योगहरुबाट गुणस्तरीय र प्रतिष्पर्धी उत्पादन बजारमा आउनुपर्नेमा जोड दिनुभयो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले नेपालको मौलिक संस्कृति परम्परा र पहिचान बोकेका उत्पादन अन्तराष्ट्रिय मुलुकमा निर्यात गर्ने भएकाले यो क्षेत्रको विशेष महत्व रहेको बताउनुभयो ।

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले अबका दिनमा देशको विकास गर्ने माध्यम भनेको लघु, घरेलु तथा साना उद्योग भएको बताउँदै उत्पादन, रोजगारी र कुल गार्हस्थ उत्पादनमा योगदानको हिसाबले यस्ता उद्योगको भूमिका उच्च भएको बताउनु भयो ।

कार्यक्रममा नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्याल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयका सचिव केसी र उद्योग विभागका महानिर्देशक सिटौलालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button