तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र बंगलादेशबीचको व्यापार बैठक सम्पन्न

भुवनप्रसाद आचार्य । नेपाल र बंगलादेशबीच द्धिपक्षीय व्यापार लगायतका विषयमा छलफल गर्न मंगलबारदेखि काठमाडौमा जारी बैठक बुधबार सम्पन्न भएको छ ।

दुबै देशका सहसचिव स्तरको प्रविधिक समितिको बैठकमा विभिन्न ५ वटा विषयमा सहमती कायम भई दूई पक्षीय समझदारीमा गर्ने निर्णय गर्दै सम्पन्न भएको हो ।

दूई देशमा कृर्षि उत्पादनको सहज प्रवेशको लागि कृर्षि विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, साल्ट टेडिङबीच समभदारी गर्ने सहमति भएको हो ।

बैठकमा मुख्य रुपमा नेपाली धागोको निर्यात तथा बंगलादेशी जलमार्गमा नेपालको पहूच, आपसी व्यापार, पारवहन र नेपाली विद्यार्थीको भिषा प्रक्रिया जस्ता महत्वपूर्ण विषयमा छलफल भएको नेपाली टोलीका नेता सहसचिव नवराज ढकालले जानकारी दिनु भयो ।

बंगलादेशसँग सन् १९७६ मा चार वटा बन्दरगाह प्रयोग गर्न पाउने गरी सम्झौता भएको थियो । हाल नेपालले फुलबारी बन्दगाह मात्र प्रयोग गर्न पाएको छ ।

बंगलादेश र नेपाल दुबै विकासील राष्ट्र भएकोले स्वदेशी उद्योग संरक्षणका लागि विभिन्न सेफगार्ड उपाय अबलम्बन गरिरहेका छन । बंगलादेशले नेपाली धागो आयातमा कडाई गरेको छ भने नेपालले स्वदेशी उद्योग संरक्षणको लागि भन्दै बंगलादेशी जुस आयातमा रोक लगाएको छ ।

यो बैठका निर्णयहरु स्वीकृतिका लागि सचिव स्तरीय बैठकमा पेश हुनेछन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button