तपाईँ सुन्दै हुनुहुन्छः

पोषणसम्बन्धी विश्व सम्मेलन आगामी कार्तिक १८ गते काठमाडौंमा हुने 

काठमाडौँ – पोषण सेवा बिस्तार अभियानको पाँचौं विश्व सम्मलेन आगामी कार्तिक १८ गतेबाट काठमाडौंमा हुने भएको छ । पोषण र खाद्य सुरक्षाका विषयमा छलफल हुने विश्व सम्मेलन एसिया क्षेत्रमा नै पहिलो पटक नेपालमा हुन लागेको हो ।

५ दिनसम्म हुने विश्व सम्मेलनमा विभिन्न विषयका २५ वटा कार्यशालाहरु सञ्चालन हुने र त्यसबाट सदस्य राष्ट्रहरुबीच असल पोषणको सिकाइ अनुभवा आदान–प्रदान, पोष क्षेत्रमा भएका उपलब्धिहरुको समिक्षा, पोषण सुधारका लागि बहुपक्षीय तथा द्विपक्षीय छलफल र सहकार्य लगायतका उपलब्धि हासिल हुने आयोजकले जनाएको छ ।

‘पृथ्वी र मानवजाती दुवैलाई पोषित गरौंं’ भन्ने नारा रहेको सम्मलेलनमा विश्वका विभिन्न ८० देशका राष्ट्र प्रमुख तथा उच्चपदस्थ प्रतिनिधिसमेत एक हजार दुई जनाको सहभागिता रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button