तपाईँ सुन्दै हुनुहुन्छः

जापानबाट स्वदेश फर्कनेक्रममा राष्ट्रपति भण्डारी ग्वाङ्झाउमा

फाइल तस्बिर

ग्वाङ्झौं – जापानबाट स्वदेश फर्कनेक्रममा राष्ट्रपति बिद्या भण्डारी अहिले चिनको ग्वाङ्झाउ आईपुग्नु भएको छ । ग्वाङ्झाउमा अन्तरराष्ट्रिय विमानस्थलमा  राष्ट्रपति भण्डारीलाई चिनका लागि नेपाली राजदुत लिलामणि पौडेल र ग्वाङ्झाउस्थित नेपाली वाणिज्य दुत कुन्जन शाहले स्वागत गर्नुभयो ।

राष्ट्रपति भण्डारीका साथमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहनुभएको छ ।

राष्ट्रपति भण्डारी आज राति स्वदेश आईपुग्दै हुनुहुन्छ । उहाँले गत असोज २९ गतेदेखि आफ्नो भ्रमण शुरु गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button