तपाईँ सुन्दै हुनुहुन्छः

अवैध गाँजा खेती नष्ट

बीरगंज – बाराको निजगढ नगरपालिका वडा नम्बर १२ रतनपुरीमा पर्ने हली डांडामा अवैध रुपमा लगाईएको गांजा खेती आज विहान प्रहरीले नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय सिमरा, ईलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरको संयुक्त प्रहरी टोलीले बन क्षेत्रमा पर्ने सार्वजनिक जग्गामा अवैध रुपमा लगाईएको ८ विगहा क्षेत्रफलको गाँजा खेती नष्ट गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सूर्यबहादुर राणाले बताउनुभयो ।

बाराको चुरे क्षेत्रमा पर्ने पहाडी ईलाकाको डांडाहरुमा अवैध लागु औषध गांजाका तस्करहरुले स्थानिय प्रलोभनमा पारि बन क्षेत्रमा गाँजा खेती गर्न लगाउने गरेको खुलासा भएको छ ।

हाल वाराको रतनपुरी क्षेत्रमा प्रहरीले अवैध गाँजा खेती नष्ट गर्ने अभियान चलाएको जिल्ला प्रहरी कार्यालय वाराका प्रवक्ता रंजितसिंह राठौरले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button