तपाईँ सुन्दै हुनुहुन्छः

हुण्डीको कारोवारी ५ लाख ८३ हजार नगदसहित एक जना पक्राउ

बीरगंज– अवैध हुण्डीको कारोवारमा संलग्न भएको आरोपमा पर्सा प्रहरीले वीरगञ्जबाट ५ लाख ८३ हजार रुपैयाँसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

भारत विहार जिल्ला मोतिहारी, थाना रामगढवा वडा नं. १६ घरभई हाल वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ४८ बर्षीय कृष्ण मोहन कलवारलाई श्रोत खुलाउन नसकेको अवैध ५ लाख ८३ हजार ५ सय ६० रुपैया नगद, सुनको जस्तो देखिने २ थान सिक्का, गणेश भगवानको लकेट एक थान र बिभिन्न बैंकको चेकबुक, भौचर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहीले बताउनुभयो ।

ना.५३.प.७१५९ नम्बरको स्कुटी चलाएर रक्सौलबाट बीरगंज तर्फ आउँदै गरेको अवस्थामा उनलाई प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट नियन्त्रणमा लिएको शाहीले बताउनुभयो ।

निजलाई अवैध वित्तिय कारोबार अन्र्तगत पर्सा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button