तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजबाट ठूलो परिमाणमा अवैध लागु औषधसहित चारजना पक्राउ

बीरगंज –जिल्ला प्रहरी कार्यालय पर्सा तथा लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले चेकजाँचको क्रममा ठूलो परिमाणमा रहेको अवैध लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ ।

संयुक्त गस्ती टोलीले आज बिहान चेकजाँचको क्रममा बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा बस्ने २३ बर्षिय बहारी मलिक डोमले शरिरका बिभिन्न भागमा लुकाई छिपाई भारतको रक्सौलबाट अवैध रुपमा ल्याउदै गरेको अवस्थामा १५ बोतक लागु औषध औनरेक्स बरामद गरेको छ ।

त्यसैगरी झापाको मेचि नगरपालिका वडा नम्बर १९ काकडभिट्टा बस्ने ३१ बर्षिय बिक्की भुजेलले बोकेको झोलामा चेकजाँचको क्रममा ५ बोतल औनरेक्स र ६ सय टयावलेट नाईट्रोभेट, १६ क्याप्सुल स्पास्मोसहित नियन्त्रणमा लिएको र अनुसन्धानको क्रममा लागु औषधको कारोवारमा संलग्न भएको खुल्न आएपछि चितवन भरतपुर महानगरपालिका वडा नम्बर ८ बस्ने २६ बर्षिय संदिप श्रेष्ठ र २५ बर्षिय अनिल गुरुङ्गलाई समेत पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button