तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौंसहित देशभर मौसम बदली कायम

काठमाडौं । राजधानी काठमाडौंसहित देशका विभिन्न भागको मौसममा बदली कायम छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार अरब सागरको पूर्वी—मध्य भागमा विकसित भएको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको प्रभावको कारणले नेपालको मौसममा बदली आएको छ ।

महाशाखाले हाल देशभरी आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जनाएको छ ।  आज बुधबार देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली हुनेछ भने भोलि विहीबार र शुक्रबार पनि त्यस्तै अवस्था रहन सक्ने जनाइएको छ ।  उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी २४ घण्टामा पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button