२०७८ साल माघ ३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

जंगली जनावरहरुले गरिरहेको क्षति न्यूनीकरणका लागि सरोकारवाला निकाय एकमत

हरिश चन्द्र बाग २०७६ कार्तिक ६ गते ९:३७

कञ्चनपुर । जंगली जनावरहरुले गरिरहेको क्षति न्यूनीकरणका लागि सरोकारवाला निकाय एकमत भएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको आयोजनामा गरिएको अन्तरकृया कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खड्काले जंगली जनावरबाट बढी प्रभावित क्षेत्रमा सुरक्षा गस्तीलाई प्रभावकारी रुपमा परिचालन गरी जनताको जीउधन जोगाउनका लागि तत्काल कार्य अगाडी बढाउनु पर्ने बताउनु भयो ।

उहाँले दीगो रुपमा जंगली जनावरले पुर्याउने क्षति नियन्त्रणका लागि र पीडितलाई राहतका लागि सुदूरपश्चिम प्रदेश सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनु भयो ।

त्यस्तै, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील कुमार वैद्यले जंगली जनावरबाट प्रभावित क्षेत्रमा सुरक्षा निकायलाई जुनसुकै बेला पनि परिचालन हुन सक्ने गरी व्यवस्था मिलाइने उल्लेख गर्नुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले जंगली हात्ती भगाउनका लागि निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दालाई रातीको समयमा आगो बाल्न प्रत्येक पोष्टबाट दाउराको व्यवस्था मिलाइने बताउनु भयो । त्यस्तै, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय मानन्धरले हात्ती भगाउनका लागि ड्रोन उडाउने, प्लाष्टिको गोली प्रहार गर्नका लागि सम्बन्धित निकायसंग कुरा भैरहेको जानकारी दिनुभयो ।

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले किसानले लगाएको तरकारी, धान र उखु खेतीमा ६५ प्रतिशत हात्तीकै कारण नोक्सानी भएकोले सबै निकायबाट हात्ती नियन्त्रणका लागि प्रयास गरिनुपर्ने धारणा राख्नुभयो । त्यस्तै, कार्यक्रमका अन्य सहभागीहरुले दिउँसोभरी वन क्षेत्रमा सुत्ने गरेको हात्तीको झुण्डले रात परेपछि किसानका खेतमा प्रवेश गरी नोक्सानी गर्ने गरेकोले ठाउँठाउँमा मचानको व्यवस्था संगै साईरन जडान र इलेक्ट्रिक फेन्सको व्यवस्था गरिदिन माग गरेका छन् ।

हात्ती आक्रमणमा ज्यान गुमाएका परिवारलाई नगरपालिकाको किरिया खर्च

कञ्चनपुर । हात्तीको आक्रमणबाट ज्यान गुमाएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बन्साहाका ६५ वर्षीय बलदेव ब‍ोहराको परिवारलाई शुक्लाफाँटा नगरपालिकाले किरिया खर्च दिने नगरप्रमुख दिल बहादुर ऐरले जानकारी दिनुभएको छ । मृतकको घरमै पुगेर नगर प्रमुख ऐरले किरिया खर्च वाफत नगरपालिकाबाट २५ हजार रूपैयाँ सहयोग दिने घोषणा गर्नु भएको हो । उहाँले थप राहतका लागि सम्बन्धित निकायमा थप प्रयास गर्ने बताउनु भयो ।

बाख्रा चराउन नजिकैको जंगलमा गएका बोहरालाई असोज २९ गते बुधबार साँझ जंगली हात्तीको समुहले आक्रमण गर्दा घटनास्थलमै उहाँको ज्यान गएको थियो । बोहरा संगै रहनु भएका नारायण सार्कीले भने भाँगेर ज्यान जोगाउनु भएको थियो । उक्त घटना पछि स्थानीयहरू थप त्रसित बनेका छन् । हात्ती लगायतका जंगली जनावरले नियमित रूपमा जनधनको क्षति गर्न थालेपछि सुरक्षा व्यवस्थामा थप कडाइ गर्नुका साथै जनचेतनामूलक कार्यक्रम गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिनु भएक‍ो छ ।

मृतक बोहराका परिवारलाई ७५ हजार रुपैयाँ राहत स्वरुप प्रदान

कञ्चनपुर । भारतीय दुधुवा नेशनल पार्कबाट नेपाल भित्रिएको हात्तीको बथानले आक्रमण गर्दा ज्यान गुमाएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बन्साहाका ६५ वर्षीय बलदेव बोहराका परिवारलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको तर्फबाट ५० हजार रुपैयाँ र शुक्लाफाँटा नगरपालिकाको तर्फबाट २५ हजार रुपैयाँ गरी जम्मा ७५ हजार रुपैयाँ राहत स्वरुप प्रदान गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील कुमार वैद्यले जानकारी दिनुभयो ।

बाख्रा चराउन नजिकैको जंगलमा गएका बोहरालाई असोज २९ गते बुधबार साँझ जंगली हात्तीको समुहले आक्रमण गर्दा घटनास्थलमै उहाँको ज्यान गएको थियो । बोहरा संगै रहनु भएका नारायण सार्कीले भने भाँगेर ज्यान जोगाउनु भएको थियो । उक्त घटना पछि स्थानीयहरू थप त्रसित बनेका छन् । हात्ती लगायतका जंगली जनावरले नियमित रूपमा जनधनको क्षति गर्न थालेपछि सुरक्षा व्यवस्थामा थप कडाइ गर्नुका साथै जनचेतनामूलक कार्यक्रम गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिनुभयो ।

सम्बन्धित