तपाईँ सुन्दै हुनुहुन्छः

पानीको पाईप मर्मत कार्य सुरु

बागलुङ । पिउनको लागि बागलुङ बजारमा ल्याईएको पानीको पाईपलाई व्यवस्थित गर्ने काम थालिएको छ । गत असोज महिनामा नगरपालिकाको वडा नं. ३ बोक्सेमा गएको पहिरोले बजार क्षेत्रभित्र ल्याईएको पानीको पाईप बिगारेको थियो । २३ नम्बर सैनिक अडडा सेराडिल व्यारेक बागलुङबाट नेपाली सेना, खानेपानी संस्थाका कार्य समिति,कार्यालय प्रमुख सहित कर्मचारीको संयुक्त सहयोगमा मर्मत कार्य थालिएको हो ।

पहिरोले पानीको पाईप बगाउदा बजार क्षेत्रभित्र प्रयाप्त पिउने पानी उपलब्ध गराउन समस्या हुने गरेको थियो । रेशबाट ल्याईएको पानीको पाईप पटक पटक आएको पहिरोले बगाएपछि त्यसलाई व्यवस्थित रुपमा मर्मत गरि ल्याउने काम थालिएको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल प्रसाद शर्माले बताउनुभयो ।

नेपाली सेनाको लगाएको सहयोगबाट सो स्थानमा ढुङगा जम्मा गरि ग्याविल लगाउने काम थालिएको छ,शर्माले भन्नुभयो,नेपाली सेनाले हामीलाई पटक पटक अप्ठारो पर्दा सहयोग गरेर गुन लगाएको छ । एक हप्ता अगाडि पनि नेपाली सेनाको टोलीले उक्त स्थानमा सहयोग गरेको थियो । काठेखोला गाउपालिका रेशबाट बागलुङ बजारमा पिउनको लागि पानी ल्याईएको छ । मर्मत कार्य तदारुकताका साथ भईरहेको र केही दिनभित्र काम सम्पन्न हुने संस्थाले जनाएको छ । बागलुङ बजार क्षेत्र भित्र रिठेखोला मुहान,रेश खोला मुहान र भुदी खोला मुहानबाट पिउनको लागि पानी ल्याईएको छ ।

अहिले रिठेखोलाबाट ३.५ लिटर प्रति सेकेन्ड,रेशबाट १७ लिटर प्रति सेकेन्ड र भुदीबाट १७ लिटर प्रति सेकेन्ड पानी दैनिक आउने गरेको छ । अहिले ३ वटा मुहानबाट ल्याईएको पानी अपुग भएपछि काठेखोला मुहानबाट लिफट सिस्टमबाट पानी ल्याउने काम समेत थालिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button