तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–बंगलादेश प्राविधिक समितिको बैठक सुरु

काठमाडौं । नेपाल र बंगलादेशबीच द्धिपक्षीय व्यापार लगायतका विषयमा छलफल गर्न मंगलबारदेखि प्रविधिक समितिको बैठक काठमाडौंमा सुरु भएको छ ।

वार्तामा बंगलादेश सँग विद्युत व्यापार, विद्यार्थीका लागि भिसा सहजीकरण, कार्गो बोक्ने सवारी साधन, बन्दरगाह प्रयोग, धागो निकासी लगायतका विभिन्न विषयमा छलफल भैरहेको वाणिज्य मन्त्रालयले जनाएको छ ।

बंगलादेशसँग सन् १९७६ मा चार वटा बन्दरगाह प्रयोग गर्न पाउने गरी सम्झौंता भएको थियो । हाल नेपालले फुलबारी बन्दगाह मात्र प्रयोग गर्न पाएको छ ।

बंगलादेश र नेपाल दुबै विकासील राष्ट्र भएकोले स्वदेशी उद्योग संरक्षणका लागि विभिन्न सेफगार्ड उपाय अबलम्बन गरिरहेका छन । बंगलादेशले नेपाली धागो आयातमा कडाई गरेको छ भने नेपालले स्वदेशी उद्योग संरक्षणको लागि भन्दै बंगलादेशी जुस आयातमा रोक लगाएको छ ।

वार्तामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गर्नु भएको छ भने बंगलादेशको तर्फबाट त्यहाँका अतिरिक्त सचिव सरिफा खानले गर्नु भएको छ । वार्ता भोलीसम्म जारी रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button