तपाईँ सुन्दै हुनुहुन्छः

क्याट क्विन्स काठमाडौं डब्लूसिएल को फाइनलमा

अजय बम । कप्तान रुविना क्षेत्री वेलबासीको उत्कृष्ट अलराउन्ड प्रर्दशनमा क्याट क्विन्स काठमाडौं वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार क्वालिफायरमा विराटनगर टाइटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौंले फाइनलमा चितवन राइनोजसँगको भेट पक्का गरेको हो ।

चितवन राउण्ड रोविनमा चार खेलमा चारमै जित निकाल्दै सोझै फाइनलमा स्थान बनाएको थियो । ६९ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौंले ९.५ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो ।

काठमाडौंको जितमा कप्तान रुविना क्षेत्री बेलवासीले ३० बलमा ६ चौका सहित ३४ रनमा अविजित रहिन् । त्यस्तै अप्सरी बेगमले पनि २८ बलमा ३ चौका सहित २७ रनमा अविजित रहँदै जित पक्का गरिन् ।

ओपनर रोमा थापा भने पहिलो ओभरको पहिलो बलमै शून्यमा एलवी डब्लू आउट भएकी थिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको विराटनगर १७.३ ओभरमा अल आउट हुँदै ६८ रनमा समेटिएको थिया । चितवन र काठमाडौंबीच फाइनल बिहीबार हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button