तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली फुटबलमा अमेरिकाले सहयोग गर्ने

काठमाडौ । नेपाली फुटबललाई अमेरिकी फुटबल महासंघले सहयोग गर्ने भएको छ ।अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र अमेरिकी फुटबलका प्रमुख कार्यालय अधिकृत ब्रेन रेमिडीबीच नेपाली फुटबलमा अमेरिकी सहयोग सम्बन्धि मुख्य चार बुँदे सहमती बनेको छ ।

एन्फा अध्यक्ष शेर्पा अहिले अमेरिका भ्रमणमा रहेका छन् ।उनले यसअघि अमेरिकी फुटबल महासंघका अध्यक्ष कार्लोस कोर्डीरोसंग भेट गरेर नेपाली फुटबलमा सहयोग गर्न आग्रह गरेका थिए ।

सोही आग्रह अनुसार एन्फा अध्यक्ष शेर्पाले अमेरिकी फुटबल महासंघका प्रमुख कार्यालय अधिकृत रेमिडीसंग भेट गरेर नेपाल फुटबल विकासमा अमेरिकाले गर्न सक्ने सहयोगको औपचारिक निर्णय गरेका हुन् ।

सहमती अनुसार अमेरिकाले नेपालको महिला फुटबलको विकासमा सहयोग गर्ने निर्णय भएको छ । त्यस्तै, युवा तथा उत्कृष्ट सिनियर खेलाडी स्काउट सम्बन्धि कार्यशाला ल्याउने समझदारी दुवै पक्षबीच बनेको छ ।

अमेरिकामा रहेका नेपाली प्रशिक्षकलाई प्रशिक्षण कोर्स उपलब्ध गराउन अमेरिकी फुटबल महासंघ सकारात्मक छ । सन् २०२६ को विश्वकपको प्रचार नेपालको सर्वोच्च शिखर सगरमाथाबाट सुरु गर्न अमेरिका निकै ईच्छुक देखिएको छ ।

सन् २०२६ को विश्वकपको प्रचार अभियानको थालनी सगरमाथाबाट सुरु गर्न अमेरिकी फुटबल महासंघलाई एन्फाले आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button