तपाईँ सुन्दै हुनुहुन्छः

जापानका सम्राटको औपचारिक राजगद्दी आरोहण सम्पन्न(तस्बिर सहित)

टोकियो । जापानका सम्राट नारुहितोले एउटा भव्य समारोहका बीच राजगद्दी आरोहण गर्नुभएको छ ।उहाँका पिता अकिहितोले राजगद्दी परित्याग गर्नुभएपछि ५९ वर्षीय नारुहितो मे महिनामा जापानको सम्राट बनुभएको थियो ।आफ्ना छोराको राजगद्दी आरोहण समारोहमा पूर्वसम्राट अकिहितो पनि उपस्थित हुनुहुन्थ्यो ।

जापानमा भर्खरै समुद्री आँधी हगिबिसका कारण धनजनको क्षति भएकाले पीडितहरूप्रति सहानुभूति प्रकट गर्न राजगद्दी आरोहणका अवसरमा आयोजना गरिने शोभायात्रा भने स्थगित गरियो । हगिबिसका कारण हालसम्म जापानमा झन्डै ८० जनाको मृत्यु भइसकेको छ ।

राजगद्दी समारोहमा नारुहितो सम्राटहरूले विशेष अवसरमा लगाउने परम्परागत वस्त्र धारण गरेर  साढे छ मिटर अग्लो ताकामिकुरा राजगद्दीमा बस्नुभएको थियो । त्यहाँबाट उहाँले एउटा लिखित मन्तव्य वाचन गर्नुभएको थियो ।

राज्याभिषेक कार्यक्रममा १ सय ९० वटा देश तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको जापान सरकारले जनाएको छ ।

नरुहितोको राज्याभिषेक कार्यक्रम नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुन्छ । राज्याभिषेक कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आइतबार जापान पुगेको थियो ।

तस्बिर: एजेन्सी

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button