तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको विगविगि बढ्यो, नियन्त्रण गर्न विशेष सुरक्षा दस्ता खटिने (तस्बिर सहित)

तनहुँ । तनहुँको भानु नगरपालिकामा चितुवाको आतंक बढेपछि विशेष दस्ता खटाउने व्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारिको अध्यक्षतामा रहेको जिल्ला सुरक्षा समितिको निर्णय अनुसार भानु नगरपालिकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन रक्षक र स्थानियको विशेष टोलि बनाई खटाइएको हो ।

चितुवाको आक्रमण बढेपछि सो कार्य अघि बढाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो । ’स्पेशल टिमले चितुवासंग सम्बन्धि काम मात्रै हेर्ने हो’ प्रजिअ पण्डितले भन्नुभयो ’अरु काम हेर्ने होइन ।’ प्रजिअ पण्डितका अनुसार उक्त टिमले बाघ तथा चितुवा बस्ने सम्भावित स्थान पहिचान गर्ने, जंगलमा खोर बनाउने तथा पासो थाप्ने लगाएतका काम गर्नेछ । बाघ तथा चितुवा सम्बन्धि जानेबुझेका स्थानिय लाई समेत उक्त टोलिमा राखिएको उहाँले जानकारी दिनुभयो । उक्त टिम १५ जनाको रहेको छ ।

जिल्ला प्रशासनले यसअघि नै चितुवा नियन्त्रणमा लिन मार्न सम्म सक्ने निर्देशन दिईसकेको छ । प्रायः बालबालिका निशानामा पर्ने गरेका छन् । लामो प्रयासपछि खोरको धराप बनाएर बाख्राको मद्दतले चितुवालाई पासोमा समेत पारिएको थियो । तर, मान्छे खाने अझै नियन्त्रणमा लिन सकिएको छैन । एक मात्र वा अरु पनि मान्छेलाई निशाना बनाउँदै आएको छ भन्नेसमेत निश्चित नहुँदा स्थानीय त्रसित छन् । बन्दुक समेत चलाउन पाउने गरी स्विकृति लिएर स्थानीयहरु चितुवा नियन्त्रणमा लिन लागिपरेका छन् ।

वडाअध्यक्ष नै जंगलमा खोर बनाउदै

भानु नगरपालिका वडा नम्बर २ का स्थानीय लाई सुरक्षा प्रदान गर्न र चितुवा नियन्त्रणमा लिने उद्देश्यले जंगलमा नै भानु–२ का वडाअध्यक्ष अर्जुन बहादुर केसी खोर बनाउन खटिनुभएको छ । भानु–२ मा पर्ने तिलाङ्काटेमा सोमबार स्थानिय संगै वडाअध्यक्ष केसी समेत काठे खोर बनाउन जंगलमा खटिनुभएको थियो । यसअघि पनि भानु–२ पÞmुस्रेटारमा काठे खोर निर्माण गरिएको छ ।

५ जना बालबालिकाको मृत्यु

भानु नगरपालिकाको विभिन्न ठाउँहरुमा चितुवाको आक्रमणबाट पाँचजना बालबालिकाको मृत्यु भईसकेको छ । गत शनिबार साझ मात्रै एक बालिका लाई चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट भानु नगरपालिका–२ बजगाइटारकी सोनिया अछामी घाइते भएकी थिईन । अछामीको चितवन स्थित चितवन मेडिकल कलेजमा उपचार हुदैछ । ४ जना घाईते भएका बाँच्न सफल भएका छन् ।

घाइते अछामीलाई ५० हजार सहयोग

तनहुँको भानु नगरपालिका वडा न २ बजगाइटार निबासी १२ वर्षिय घाइते सोनिया अछामीलाई भानु नगरपालिकाले रु.५० हजार सहयोग गरेको छ । गत शनिबार चितुवाको आक्रमणमा परि घाईते भएकी अछामीलाई नगरपालिका उपप्रमुख आशा थापाले चितवन मेडिकल कलेजमा स्वाथ्य स्थति बुझ्न जादा तत्काल उपचार खर्च बापत उक्त रकम हस्तान्तरण गर्नुभएको हो । १५ हजार सहयोग र ३५ हजार पछि फिर्ता गर्ने गरि दिइएको भानु नपा वडा २ का वडा अध्यक्ष अर्जुन बहादुर केसीले बताउनुभयो ।

आर्थिक अवस्था निकै नै कमजोर रहेको हुँदा अछामीलाई भानु नगरपालिकाकी उपमेयर आशा थापाको टोलि घाइते अछामीको अबस्था बुझ्न चितवन मेडिकल पुगेको थियो । सोई अबसरमा उक्त रकम घाइतेकी आमालाई हस्तान्तरण गरेको भानु नपा उप–प्रमुख आशा थापाले जानकारी दिनुभयो ।

उपप्रमुख थापा सगै भानु नपा वडा २ का वडा अध्यक्ष अर्जुन बहादुर केसी,भानु नगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मण मझकोटी र ब्राइट फ्युचर युवा क्लबका अध्यक्ष मदन भण्डारी लगायतको टोली अछामीको स्वास्थ्य अवस्था बुझ्न चितवन मेडिकल कलेज पुग्नुभएको थियो ।

    

प्रतिक्रिया राख्नुहोस्

Back to top button