तपाईँ सुन्दै हुनुहुन्छः

यस वर्ष राहदानी बनाउने पाँच गुणाले बढे

काठमाडौं। यस वर्ष राहदानी बनाउनेको संख्या गत वर्षको तुलनामा पाँच गुणा बढी बृद्धि भएको छ ।

बसोबासका लागि अमेरिका जान पाउने डाइभर्सिटी भिसा (डीभी)को आवेदन दिनकै लागि यस वर्ष राहदानी बनाउनेहरुको संख्या अत्यधिक बढेको हो ।

यस वर्ष डीभी भर्दा राहदानी पनि अनिवार्य गरेको छ । डीभीका लागि आवेदन खुल्नासाथ राहदानी बनाउनका लागि मानिसहरुको काठमाडौंमा भीड लागेको छ ।

अन्यबेला जिल्ला संकलन केन्द्रबाट आउनेसहित दैनिक बढीमा आठ सय एमआरपी आवेदन रहने गरेकोमा पछिल्लो दिन झण्डै चार हजार जनाले आवेदन भरिरहेका छन् ।

यसमा एक तिहाई १५ हजार शुल्क तिरेर एकै दिनमा राहदानी लिनेको संखया छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button