तपाईँ सुन्दै हुनुहुन्छः

पी पी एल क्रिकेट एक महिनापछि

अजय बम । पर्यटकीय नगरी पोखरामा नोभेम्वर दोस्रो सातादेखि आयोजना हुने भनिएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता एक महिना पछि सरेको छ ।

आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता एक महिना सारिएको उल्लेख गरेको छ ।

अब यसँगै पीपीएल डिसेम्डर १४ देखि २८ सम्म हुने भएको छ । आयोजकले यसअघि नोभेम्वर १२ देखि २३ सम्म पीपीएल हुने बताएको थियो ।

सोही समयमा दक्षिण एसियाली खेलकुद अन्तरगत महिला क्रिकेट खेलको तयारीका लागि प्रतियोगिता सञ्चालनका साथै नोभेम्वर १ देखि १२ सम्म इंग्ल्यान्डको मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) बाट नेपालको भ्रमण दौरान काठमाडौं र पोखरामा मैत्रीपुर्ण क्रिकेट खेल्ने कार्यक्रम रहेको छ ।

यससँगै सोही समयमा नेपाली यु–१९ टोली भारतको भ्रमणमा रहने हुँदा राष्ट्रिय खेलाडी सहित अन्य खेलाडीहरु सोही कार्यक्रमलाई व्यस्त रहने हुदा प्रतियोगिता एक महिना पछि सार्नुपरेको उल्लेख छ । पीपीएल ६ शहरका ६ फ्रेन्चाइज टोलीले खेल्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button