तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा पल्टनद्वारा ललितपुर फाल्कोन्स पराजित

अजय बम । काठमाडौंमा जारी वुमन्स च्याम्पियनस लिगमा पोखरा पल्टनले जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ । उसले आफ्नो अन्तिम खेलमा ललितपुर फाल्कोन्सलाई छ विकेटले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको फाल्कोन्सले २० ओभरमा सात विकेट गुमाउँदै एक सय २२ रन बनायो । जवाफमा पोखराले १७ ओभर २ बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

पाँच रनमा तीन विकेट गुमाएको पोखराका लागि कबिता कुवँरले रन बनाइन भने बिन्दु रावलले बनाइन ।

उसकी रेवती धोमी, सिता रानामगर एक एक रनमा आउट हुँदा रुबी पोडारले खाता खोल्न सकिनन् । तर त्यसपछि कबिताले ६१ रन बनाइन भने विन्दुले ४० रनको योगदान गरिन ।

यी दुई खेलाडीले उत्कृष्ट शतकीय साझेदारी गर्दै टिमलाई जित दिलाए । जारी प्रतियोगितामा यो साझेदारी अहिलेसम्मकै उच्च हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button