तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ को प्रदेश लोकसेवा आयोगको पूर्णता

जनकपुरधाम – प्रदेश २ सरकारले नियुक्त गरेका प्रदेश लोकसेवा आयोगको सदस्यहरुको शपथग्रहरण कार्यक्रम आज सम्पन्न भएको छ । प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको मा डा सुजाता देव, महारुद्र झालाई नियुक्त गरेपछि प्रदेश नंं २ का प्रदेश प्रम्ुख रत्नेश्वरलाल कायस्थले प्रदेश प्रमुखको कार्यालयमा आज पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएको छ ।

प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरु , प्रमुख प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डलको उपस्थितिमा प्रदेश प्रमुख कायस्थले पद तथा गोपनीयताको शपथग्रहणम गराउनु भएको थियो । शपथग्रहण कार्यक्रममा नीति आयोगका उपाध्यक्ष प्राध्यापक डा भोगेन्द्र झा पनि उपस्थित रहनु भएको थियो ।

यस अघि नै लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादवको सपथग्रहण गरि पदभार ग्रहण गरिसक्नु भएको छ । प्रदेश लोकसेवा आयोगमा पछिल्लो दुई जना सदस्यको नियुक्तिपछि आयोगले पूर्णता पाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button