तपाईँ सुन्दै हुनुहुन्छः

राजस्व छलि भित्र्याईएका ५ लाख ५० हजारको सामान बरामद

वीरगञ्ज – बीरगंज भन्सार कार्यालयमा खटिएको सशस्त्र प्रहरी राजस्व गस्ती टोलीले पर्सा जिल्लाका विभिन्न नाकाबाट आज विहान राजस्व छलि भित्र्याईएको ५ लाख ५० हजार मुल्य भन्दा बढीको समान बरामद गरेको छ ।

भारतबाट भन्सार छली गरी नेपाल ल्याउँदै गरेको अवस्थामा ५ लाख ५८ हजार ८ सय रुपैयाँको बराबरको भारतीय लत्तापकडा, उपभोग्य सामान बरामद गरेको भन्सार राजस्व गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक अमर खत्रीले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीको भन्सार गस्ती तथा सुरक्षाका लागि खटिएको गुल्मको टोलीले चेकजाँचको क्रममा आज विहान विभिन्न स्थानबाट भारतीय सटिङ्ग सुटिङ्गका कपडा, जुत्ता, हार्डवयर, मोटरपार्टस, किराना सामान बरामद गर्नुका साथै वासिङ्ग मेसिन, फिल्म सुटिङ गर्ने क्यामेरा, केराउ सहित मोटरसाईकल पनि बरामद गरेको खत्रीले बताउनुभयो । बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button