तपाईँ सुन्दै हुनुहुन्छः

कर्तव्य ज्यान मुद्धाका अभियुक्त जेल चलान

बारा –कर्तव्य ज्यान मुद्वाका फरार अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर १२ सितलपुर बस्ने मखन साह कानु रहेको प्रहरी प्रवक्ता रंजित सिह राठौरले जानकारी दिनुभयो ।

२०७५ साल जेष्ठ २३ गते पानी सिचाई गरेको पैसा माग्ने क्रममा मनेजर साह कानुलाई पक्राउ परेका मखन र परिवारका अन्य सदस्यहरुले बासको भाटाले ठाउकोमा हानेको हँुदा उपचारको क्रममा काठमाडौँस्थित न्यूरो अस्पतालमा २०७५ साल असार महिनाको २४ गते निधन भएपछि मखन फरार रहदै आएका थिए ।

लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले असोज ३० गते पक्राउ गरि कार्तिक ३ गते अदालतमा पेश गरेपछि कैद सजाय भुतmानीका लागि आदेश भए बमोजिम वीरगंज करागारमा पढाइएको प्रवतmा राठौरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button