तपाईँ सुन्दै हुनुहुन्छः

कस्मिर गोलाबारीमा मृत्यु हुने दुवै जना गोर्खा रेजिमेन्टकै

काठमाडौं । भारतस्थित जम्मु कस्मिरमा आइतबार भएको गोलाबारीमा दुई जना गोर्खा रेजिमेन्टका भारतीय सेनाले स हादत प्राप्त गरेका छन् ।

काश्मिरको कुपवारा जिल्लामा भएको गोलाबारीमा गोर्खा रेजिमेन्टका जवान पद्मबहादुर श्रेष्ठ र राईफल म्यान गामिलकुमार श्रेष्ठको मृ त्यु भएको हो । नेपालका राइफल म्यान गामिलकुमार श्रेष्ठ पाल्पा निवासी रहेको भारतीय सञ्चार माध्यय न्यूज लाइभ टिभीले उल्लेख गरेको छ ।

त्यस्तै नेपाली मुलकै जवान पद्मबहादुर भारतको आसाम गोलाघाट जिल्लास्थित हतिखुली निवासी रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन ्। त्यस आक्रमणमा परी दुई सेना र एक सर्वसाधरणको ज्या न गएको थियो ।

पाकिस्तानले यु द्धविरामको उल्लंघन गर्दै युद्ध शुरु गरेकाले घटना घटेको भारतले आ रोप लगाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button