तपाईँ सुन्दै हुनुहुन्छः

तिहार अगावै माग बढ्न थालेपछि चितवनका फूलखेती गर्ने किसान उत्साहित

चितवन । तिहार आउनु अगावै सयपत्री र मखमली फूलको माग बढ्न थालेपछि चितवनका फूलखेती किसान उत्साहित भएका छन । चितवन लगायत अन्य जिल्लाबाटपनि फूल र मालाको अर्डर आउन थालेपछि उनीहरु उत्साहित भएका हुन । अन्य समयमा भन्दा तिहारको बेला फूलको माग अत्याधिक हुने हुंँदा आफूहरु अर्डर लिन र फूल टिप्न व्यस्त भएको किसानहरु बताउंँछन ।

भरतपुर महानगर पालिका वडा नम्बर ११ का शुभम नर्सरीका सञ्चालक शंकर तिवारी एकहप्तादेखि नै जिल्लालगायत अन्य ठाउंँबाट फूलको माग आउन थालेको बताउनुहुन्छ । तिहारलाइ नै लक्षित गरेर उहांँले नर्सरीमा चार कठ्ठा क्षेत्रफलमा फूलखेती गर्नुभएको छ । ‘अन्य समयमा सयपत्रीसंँगै कटफ्लावर फूलहरु जान्थ्यो , उहाँले भन्नुभयो, यो समयमा सयपत्री र मखमलीको अत्यधिक माग छ । हामी उत्साहित छौ ।’

केहीबर्ष अघिसम्म घरको प्रयोजनको लागि मात्र सयपत्री, मखमली फूल लगाउने गरेपनि अहिले चितवनमा व्यवसायिक रुपमा सामुहिक फूलखेती एवं व्यत्तिगत रुपमा फूलखेती गर्ने किसानको संख्या बढ्दो छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ उज्जवल टोलमा सयपत्री फूलखेती समुहले व्यवसायिक रुपमा फूलखेती गर्दै आएको छ । समुहकी सदस्य शान्ती न्यौपाने आफूले समुहमा र व्यक्तिगत रुपमै पनि फूलखेती शुरु गरेको बताउनुहुन्छ । ‘पहिले समुहबाट फूलखेती गर्यौ, उहांँले भन्नुभयो , अहिले माग बढ्दै गएपछि म आफैले पनि लगाएको छु ।’ शुरुका क्षणमा जिल्लामा मात्र सयपत्री, मखमली फूलको खपत भएपनि पछिल्लो समय हेटौंडा, नेपालगञ्ज लगायतका जिल्लाहरुबाट अर्डर आउन थालेको उहांँले बताउनुभयो । हाल उनको नर्सरीमा सयपत्री, मखमली फूल तयारी अवस्थामा रहेको छ। फूलखेती क्षेत्र विस्तारसंँगै अत्याधिक माग बढेका कारण तिहार लगायतका चाडबाडमा फूलको माग पुरयाउन नसकेको किसानहरुको भनाई छ ।

अन्य समयमा हुने स्थानीय कार्यक्रम, विवाह, व्रतवन्धमा फूल पुरयाउन सकिएपनि किसानले तिहारमा फूल पुरयाउन सकेका छैनन । रत्ननगर नगरपालिका वडा नम्बर ११ जिरौनाका टंक पौडेलको नर्सरीमा पनि सयपत्री फूल ढपक्कै फूलेको छ । तिहार अगावै अर्डर आउन थालेपछि आफूहरु अर्डर लिन व्यस्त बन्नु परेको उहाँले बताउनु भयो । ‘पहिले पहिले फूल किन्ने ग्राहक खोज्नुपथ्र्यौ उहांँले भन्नुभयो , अहिले फोनबाट, घरमै फूल लिन आउंँछन ।’ आफूले लगाएको फूलको अर्डर आउन थालेपछि फूलखेती व्यवसायबाट सन्तुष्ट भएको उहाँले बताउनु भयो । ‘फूलको बजार पनि राम्रो छ, बिक्री पनि राम्रो छ’ उहाँले भन्नुभयो ।

फ्लोरिकल्चर एशोशियन, चितवनका प्रकाश पन्त पनि तिहार आउनुभन्दा अगाडिनै फूलमालाको अर्डर आएको बताउंँछन । गतबर्ष ४० हजार मालाको उत्पादन भएपनि यसपटक मालाको उत्पादन ह्वातै बढेको छ । ‘उत्पादन पनि बढेको छ, किसान पनि बढेका छन, उहांँले भन्नुभयो , भने तर माग पुरयाउन सकिएको छैन ।’ उहांँका अनुसार व्यवसायिक रुपमा चितवनमा यसपटक ६० हजार भन्दा बढी माला उत्पादन हुने अनुमान छ । ‘यसबर्ष यहांँको लागि १० प्रतिशत मालामात्रै बाहिरको आबश्यक पर्ला ’ उहांँले भन्नुभयो ।

एशोशियनले दिएको जानकारी अनुसार चितवनमा ३० विघा भन्दा बढी क्षेत्रफलमा व्यवसायिक फूल खेती हुदै आएको छ । यहांँ व्यवसायिक फूलखेती गर्नेको संख्या ४० को हाराहारीमा छ भने फूलको नर्सरी र गार्डेनिङ्ग गर्नेको संख्या २० को हाराहारीमा छ । चितवनमा बुकी फूल, कटफ्लावर ,रोज र ग्याडोलस जस्ता मौसमी फूलको व्यवसायिक खेती पनि हुदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button