कैलालीबाट ५६ हजार नगदसहित २८ जुवाडे पक्राउ
अत्तरिया कैलाली– कैलालीमा प्रहरीले २८ जुवाडेलाई प्रकाउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नं.७ लालपुरस्थित बिर बहादुर वलीले संचालन गरेको वली होटलबाट नगद रु. एक लाख ५६ हजार तिनसय ८२ नगदसहित २८ जुवाडे पक्राउ परेका हुन् ।
जुवातास खेलिरहेको गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर विष्ट नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पछिल्लो समय प्रहरीले सक्रियता बढाएसँगै कैलालीमा जुवा नियान्त्रण हुँदै गइरहेको सर्वसाधरणहरु बताउँछन् ।
प्रतिक्रिया राख्नुहोस्