तपाईँ सुन्दै हुनुहुन्छः

गस्तीमा गएको प्रहरीमाथी आक्रमण, चार जना पक्राउ

दैलेख । गस्तीमा गएका प्रहरी माथी आक्रमण गर्न आउने जड्याहा समुहका ४ जनालाई जिल्ला प्रहरी कार्यालय दैलेखले नियन्त्रणमा लिए कारवाही प्रकृया अगाडी बढाएको छ ।

जिल्ला सदरमुकाम नारायण नगरपालिका बजार क्षेत्र भित्र गए राती १०ः०० बजेको समयमा गस्तीमा गएको जिल्ला प्रहरी कार्यालयको टोलीमाथी नारायण नगरपालिका वडा नं. ६ काँडाचौर मा होहल्ला गरी रहेका जड्याह केटाहरुको समुहले आक्रमण गरेको थिए ।

आक्रमण गरेपछि पहरी र आक्रमणकारी बिच दोहोरो झडप भएको थियो । प्रहरीले लाठी चार्ज गरे पछि केटाहरु भागेका थिए । घटनास्थलबाट प्रहरीले डेनिम थापा,नरेन्द्र प्याकुरेल ,सुरेन्द्र तामाङ्ग सहित थप एकजना गरी चारजनालाई नियन्त्रण्मा लिई कारवाही प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले जानकारी दिएका छन ।

दोहोरो झडपबाट दुबै तर्फ सामान्य घाईते भए पनि अप्रिय घटना भने हुन पाएन घटनामा संलग्न थप आक्रमण कारीको खोजी कार्य भईरहेको बताएको छ भने नियन्त्रण्मा लगिएका चारजनालाई थप अनुसन्धानका लागि म्याद थप्ने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button