२०७८ साल माघ १२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

यस्तो छ आज सुनचाँदीको बजारभाउ

रेडियो नेपाल २०७६ कार्तिक ४ गते १२:१२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा स्थिरता छाएको छ । आइतबार छापावाल सुनको प्रतितोला मुल्य ७० हजार ४०० रहेको थियो । सोमबार पनि त्यहि मुल्य अर्थात ७० हजार ४ सय नै रहेको छ । साथै तेजावी सुन पनि प्रतितोला ७० हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।

यस्तै आज प्रतितोला चाँदीको मुल्य ८ सय ५० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ । त्यस्तै आइतवार पनि त्यहि मुल्य अर्थात ८ सय ५० रुपैयाँ रहेको पनि महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित